Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टाको संवादमा के भयो ?

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टाको संवादमा के भयो ?

  • शनिवार, आषाढ २० २०७७


  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टाको संवादमा के भयो ?

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओली भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज जानुभएको ओ ।

    उहाँहरुबीच करिब पौने घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निजी सचिवलायले यस भेटघाटलाई नियमित भएको जनाएको छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीतिक सत्ता संघर्ष उत्कर्षमा पुगेका बेला भएकोक यस भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पार्टीका आन्तरिक राजनीतिका बारेमा पनि चर्चा भएको सामान्य अनुमान लगाउन सकिन्छ । पार्टीभित्रको चेपमा पद गुमाउनेसम्मको अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीको पछिल्ला दिनमा राष्ट्रपति भण्डारीसँग लगातारजसो संवाद भइरहेको छ ।

    पार्टीभित्रका प्रधानमन्त्री ओलीका विपक्षीहरुले राष्ट्रपति भण्डारी पनि पार्टीको आन्तरिक विषयमा ओलीलाई सघाउने गरी उत्रिएको आरोप लगाइरहेका छन् । यस्तोमा प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास जानुभएको हो ।

    यता शनिबार साँझ नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बालुवाटार बोलाएर पार्टीभित्र बढ्दै गएको राजनीतिक खिंचातानीबारे जानकारी गराउनु भएको छ ।

    शनिवार, आषाढ २० २०७७०२:५७:३३
    सम्बन्धित समाचार