Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

बझाङमा पहिरो अपडेट : ६ जनाको शव फेला, एक जना अझै बेपत्ता

बझाङमा पहिरो अपडेट : ६ जनाको शव फेला, एक जना अझै बेपत्ता

  • शनिवार, आषाढ २० २०७७


  • बझाङमा पहिरो अपडेट : ६ जनाको शव फेला, एक जना अझै बेपत्ता

    बझाङको केदारस्युँ गाउँपालिका–८को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको थप ६ जनाको शव भेटिएको छ ।

    १ जना भने अझै बेपत्ता रहेका छन् । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ वर्षिय बालिका अष्मिता जेठाराको शव भेटिएको छ ।

    त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । २० वर्षीय गिरि जेठारा भने अझै बेपत्ता रहेको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिनुभयो ।

    गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उहाले बताउनुभयो । स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ ।

    ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन् ।

    शनिवार, आषाढ २० २०७७०२:४५:४९
    सम्बन्धित समाचार