Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

बिनोद भण्डारीको उत्कृष्ट निर्देशनमा गणेश अधिकारीको ‘डोको बोकेर’ (भिडियोसहित)

बिनोद भण्डारीको उत्कृष्ट निर्देशनमा गणेश अधिकारीको ‘डोको बोकेर’ (भिडियोसहित)

  • बिहिवार, आषाढ १८ २०७७


  • बिनोद भण्डारीको उत्कृष्ट निर्देशनमा गणेश अधिकारीको ‘डोको बोकेर’ (भिडियोसहित)

    काठमाडौं, असार  । लोक तथा दोहोरो गायक गणेश अधिकारी र शान्ती श्री परियारको आवाजमा ‘डोको बोकेर’ बजारमा आएको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण बुवाको मृत्युपछि सोहि जागीरमा छोरा फेरि भर्ती हुन गएको कथालाई गीतमा मुख्य विषय बनाईएको छ ।

    पछिल्लो समयमा अभिनयसंगै निर्देशनमा पनि आफुलाई सफल साबित गराई सकेका कलाकार बिनोद भण्डारीको कथा तथ निर्देशनमा तयार पारिएको उक्त गीतमा बुढि आमा, जीवनसाथी र सानो छोरालाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार राजु महोत्रा र मिरा महोत्राले वास्तविक अभिनय मार्फत उतारेका छन् ।

    भण्डारीले निदेर्शन गरेका थुप्रै गीतहरु बजारमा छन् जस्लाई दर्शकश्रोताले अत्यधिक मन पराईदिएकापनि छन् । भण्डारी अभिनय र गायनमापनि उत्तिकै सफल मानिएका कलाकार हुन् । गीतमा अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

    बिहिवार, आषाढ १८ २०७७०३:०५:५२
    सम्बन्धित समाचार