शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

एडिबी, अमेरिकान, डिएफआइडी, इयूलगायत पश्चिमा अनुदान रोकिनसक्ने !

पास गर्न नेपाललाई चौतर्फी दवाव :'के गर्छ अब नेपाल ?'

  • डेमोखबर बिशेष

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  १६

 


काठमाडौँ, असार । नेपालको राजनीतिक बृत्त निकै तातिइरहेका बेला विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिषयलाई लिएर नेपालमा अमेरिकान चलखेल पनि निकै बढेको छ । संसदमा मतदानको चरणमा पुगेको एमसीसी सम्झौता अनुमोदन गर्ने मिति सकिएपछि अमेरिकी चासो बढेको हो ।
यही चालु अबिधेशनमा सम्झौता हुने विश्वासमा रहेको अमेरिका अहिले राजनीतिक असमझदारी बढेको र ठूलो सत्तारुढ दलमा किचलो बढेपछि अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ ।
एमसीसी सम्झौता संसदले अनुमोदनमा ढिलाइ गरेपछि अब एडिबी, अमेरिकान, डिएफआइडी, इयूलगायत पश्चिमा राष्ट्रबाट नेपाललाई हुने सहयोग तथा अनुदान रोकिनसक्ने त्रास एकातिर छ भने अर्कातर्फ उनीहरुको यसको प्रतिक्रिया के र कस्तो हुने भन्ने त्रासमा छ नेपाल सरकार ।


ADVERTISEMENT

images

याे एउटा परीयाेजना मात्र हाेइन, याे त अमेरीकान तथा समग्र पिश्चमा देशकाे  अभीयान रहेकाे जानकारकाे ठहर छ । 
यही बिषयलाई लिएर अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यसअघि नै सोधिसकेका पनि छन । भने अमेरिकान दूतावासले स्वीकार गर्ने नगर्ने भनेर जिज्ञासा राखिसकेको छ ।
विदेशमन्त्री पोम्पियोले एमसीसी सम्झौताको सन्दर्भ अब के हुन्छ भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष चासो राख्नुभएको जनाइएको छ ।  सत्तारूढ दल नेकपाको आन्तरिक किचलोका कारण संसद्मा प्रवेश गरेको एक वर्ष भइसक्दा पनि एमसीसी सम्झौता अनुमोदन हुनसकेको छैन ।
संसद्को हाल जारी बर्खे अधिवेशनबाट अनुमोदन गर्ने भनिए पनि नेकपाभित्र हुबहु अनुमोदन गर्न नहुने मत प्रभावी बनेको छ । नेकपाले एमसीसीका सन्दर्भमा आन्तरिक अध्ययन कार्यदल पनि बनाएको थियो ।
कार्यदलले यथास्थितिमा एमसीसी सम्झौता कार्यान्वयनमा लैजान नहुने भन्दै यसका प्रावधानमा संशोधनको आवश्यकता औंल्याएको छ । कार्यदलको सुझाव प्रतिवेदनमाथि पार्टी छलफल नगराई संसद्मा अनुमोदन प्रक्रिया अघि बढाउन सरकारले सकेको छैन । संसदीय अनुमोदनमा भएको ढिलाइले परियोजना सुरु गर्ने निर्धारित समय टरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया