शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

बंगलादेशमा डुंगा पल्टिँदा कम्तिमा ३२ जनाको मृत्यु

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  १६

काठमाडौं, असार ।  बंगलादेशमा फेरी (ठूलो डुंगा) पल्टिँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । राजधानी ढाका नजिकैको नदीमा डुंगा पल्टिएको हो ।

बुरिगंगा नदीमा अर्को फेरीसँग ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको सबैभन्दा ठूलो बन्दरगाह सादरघाट नजिकै दुर्घटना भएको उद्धार अधिकारीले बताएका छन् ।


ADVERTISEMENT

images

मध्य बंगलादेशको गाउँबाट कम्तिमा ५० यात्रु लिएर आएको डुंगा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा यात्रु अधिक हुँदा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । फेरीका २० यात्रु अझै बेपत्ता रहेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया