शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

गण्डकी प्रदेशमा बिहानै थपिए १७ कोरोना संक्रमित, हेर्नुहोस् कहाँ कति ?

घर फर्कनेको संख्या २ सय १४

  • डेमोखबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  १६

काठमाडौं, असार ।  मंगलबार गण्डकी प्रदेशमा थप १७ जनाका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा  स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जनामा कोरोना पुष्टि भएको हो । 


ADVERTISEMENT

images

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । त्यस्तै हालसम्म कोरोना निको भई घर फर्कनेको संख्या २ सय १४ पुगेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया