शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

कांग्रेस केन्द्रीय समिति बैठक आज, नयाँ विकल्पका बारेमा छलफल हुने

सानेपामा दिउँसो १ बजे बैठक

  • डेमोखबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  १६

काठमाडौं, असार । १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जनको निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो। 

कोभिड–१९ का कारण महाधिवेशन कार्यतालिका नै प्रभावित बनेपछि यसअघिकै क्रियाशील सदस्यलाई कायम राखेर तोकिएकै मितिमा महाधिवेशन गर्ने विकल्प कांग्रेसमा अघि सारिएको छ । 


ADVERTISEMENT

images

कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म तय गरिएको थियो। तर कोभिडका कारण महाधिवेशनका कार्यतालिकाअनुसारका काम हुन पाएका छैनन्। आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा नयाँ विकल्पका बारेमा छलफल हुने नेताहरुले जनाएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया