शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

नेकपा स्थायी कमिटी बैठक मंगलबार पनि बस्दै

बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा

  • डेमोखबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  १६

काठमाडौं, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। गत बुधबारदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकका तीनवटा बैठक बसिसकेका छन्।

बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो। बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ। शुक्रबारको बैठकमा ओली उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित भएका थिए।


ADVERTISEMENT

images

नेकपाको बैठकमा सरकारको काम, पार्टी एकताको काम, एमसिसी लगायतका विषय एजेन्डामा छन्। शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। शुक्रबार १८ सदस्यले धारणा राखेका थिए भने शनिबार २१ सदस्यले धारणा राखेका थिए।

आइतबार ओलीले भारत र नेपालका शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपा बैठकमा त्यसको प्रभाव कस्तो पर्छ भनेर चासोपूर्वक हेरिएको छ।

प्रधानमन्त्री ओलीले अपेक्षाकृत काम नगरेको र विवादित काम गरेको भन्दै गत वैशाखदेखि पार्टीभित्रैबाट उनको राजीनामाको माग उठेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया