Logo

बुधवार, माघ १४ २०७७Jan 27 2021

images

सास गनाएर अप्ठ्यारो परेको छ ? यी कुरा प्रयोग गर्नुस् !

सास गनाएर अप्ठ्यारो परेको छ ? यी कुरा प्रयोग गर्नुस् !

मंगलवार, आषाढ १६ २०७७

  • 7.4K
    SHARES

  • सास गनाएर अप्ठ्यारो परेको छ ? यी कुरा प्रयोग गर्नुस् !

    काठमाडौं, असार ।  मी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

    सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् । 

    ग्रीन टी
    ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ । 

    बेस्सरी पानी पिउनुस्
    पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ । 

    ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ । 

    कागतीको रस
    एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ । 

    हरियो अलैंची
    अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ । 

    मंगलवार, आषाढ १६ २०७७०२:०८:२३
    सम्बन्धित समाचार