शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

अझै केहि दिन झरी, यी चार प्रदेशमा बाढी, पहिरो र डुबानको सम्भावना

वर्षा आगामी तीन दिनसम्म नरोकिने

  • डेमोखबर

  • प्रकाशित: सोमवार , २०७७ आषाढ  १५

काठमाडौं, असार । झण्डै एक सातादेखि नेपालमा जारी मनसुन अझै केहि दिन नरोकिने मौसमविदले जानकारी गराएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेका कारण अझै तीन दिनसम्म लगातार झरी पर्ने जानकारी दिएको छ ।


ADVERTISEMENT

images

महाशाखाले हाल देशमा सामान्यदेखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ । महाशाखाले दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाको पूर्वानुमानको अनुसार आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले होशियारी अपनाउन आग्रह गरेको छ ।

वर्षा आगामी तीन दिन अर्थात् बुधबारसम्म नरोकिने मौसमविद्ले बताएका छन् । सामान्यतया मौसमविद्ले तीन दिनसम्मको मौसमी अनुमान गर्ने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया