शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

बाजुरा : 'बुढीगंगा नगरपालिकामा एकैदिन ७६ मा कोरोना भाइरस संक्रमण'

  • डेमोखबर

  • प्रकाशित: आइतवार , २०७७ आषाढ  १४

 

काठमाडौं, असार । बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

images

टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए ।

टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै सबैको रिपोर्ट आइनसकेको मेयर शाहले बताए ।

यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरू हुन् । भारतबाट आएको एक महिना बितिसकेपछि मात्रै उनीहरूको परीक्षण भएको मेयर शाहले बताए । परीक्षण ढिलो भएकोले क्वारेन्टिनमै संक्रमण फैलिएको हुन सक्ने उनले बताए ।

नगरपालिकामा अझै ५०० को हाराहारीमा भारतबाट आएका व्यक्तिहरू क्वारेन्टिनमा रहेको मेयर शाहको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया