आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • डेमो खबर

  • प्रकाशित: आइतवार , २०७७ आषाढ  १४

काठमाडौँ, असार ।  असार १० गतेदेखि विक्रीमा आएको एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । विक्री खुला भएको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको यस कम्पनीको आईपीओ विक्रीको छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो ।

यस कम्पनीको आईपीओमा शुक्रवार ३ः३० बजेसम्म २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताका लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ३ दशमलव ६५ गुणा बढी हो ।


ADVERTISEMENT

images

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कर्मचारीका लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँटपछि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यो आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्तापूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया