बुधवार , २०७७ आषाढ  २४ ( Wednesday , 2020 Jul 08 )

images

अध्यक्षद्धयको संम्बोधन : “दुबैले पोखे आफ्नै ब्यथा, भने गल्तीको ‘रियलाइज’ गर्नुपर्छ”

‘सरकारलाई सहयोग भएन’ : ओली, ‘पालैपालो प्रधानमन्त्रीको सहमति छोडेर गल्ती गरेँ : प्रचण्ड

  • डेमोखबर

  • प्रकाशित: बिहिवार , २०७७ आषाढ  ११

 


काठमाडौं, असार । बिगत सात महिनापछि भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ । यसबीचमा उठेका पार्टी र सरकारमा देखिएका बिबादका बिषयमा अध्यक्षद्धय के पी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई संम्बोधन गरेका छन ।
अध्यक्षद्धयले बैठकका क्रममा स्थायी समिति सदस्य माँझ आ–आफ्नो सम्बोधनका क्रममा दुबैले तीतो पोखे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाए । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताएको एक स्थायी समिति सदस्यले डेमोखबरलाइ बताए ।
ती सदस्यले भने, अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण हुँदा भएको आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका थिए ।
अध्यक्ष ‘प्रचण्ड’ले बैठक समक्ष राखे, प्रधानमन्त्री ओलीमा सत्ता र शक्तिको अहंकार बढेको बैठकमा सदस्यमाँझ खुलेर तीतो पोखे ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, महाधिवेशनसम्म सहकार्य गर्ने सहमति भएको थियो त्यो अनुसार पार्टी नचलेको गुनासो गर्दै भने, यही कारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको र ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल छ, यस्तो अनुशासनहीन काम किन हुन्छ ?’ भनेर सदस्यमाँझ राखेका थिए ।
पार्टीमा ‘गुटहरु छन तर पार्टी छैन जस्तो भएको छ’ प्रचण्डको भनाइ उधृत गर्दै प्रधानमन्त्रीले भनेको एक नेताले बताएका थिउ । प्रचण्डले भने, अब पार्टीका नेताहरु ‘सामू फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प भएको प्रचण्डले बताएका छन ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले आफू निराश बनेको अनौपचारिक प्रतिक्रिया दिएको ती सदस्यले डेमोखबरलाई जानकारी दिए ।


ADVERTISEMENT

images

बैठकमा प्रधानमन्त्री ओलीले भारतसँगको सीमा विवादका बिषयमा कुरा उठाउदै भने, आकस्मिक रुपमा आएको र त्यसलाई सामाना पनि गरियो । भारतले नेपाली भूमिलाई समेटेर नक्सा जारी गरेपछि नेपालले प्रोटेस्ट नोट पठाएको र वार्ताका लागि आग्रह गरे पनि स्वीकार नगरेको बैठकमा बताए ।
बैठकमा अर्का अध्या प्रचण्डले जेठ २ को सहमतिको स्मरण गर्दै भने, सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै ओलीजीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो भएन ।
प्रचण्डले भने, ‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’
साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको र त्यहाँ पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भएपनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको प्रचण्डले राखेको स्रोतले बतायो ।
यसका लागि सबैले आफ्नो गल्ती कमजोरीप्रति आत्मालोचित हुने र त्याग गर्न तयार हुनुपर्ने प्रचण्डले बैठकमा बताए । उनले भने, ‘मैले गल्ती गरेको भए म सच्चिनुपर्छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले गल्ती गएको भए उहाँ सच्चिनुपर्छ र त्याग गर्न तयार हुनुपर्छ । पार्टीलाई एकतावद्ध बनाउनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया