आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

पाल्पामा पहिरोमा परी तीनकाे मृत्यु

  • डेमोखबर प्रदेश ५ ब्यूरो

  • प्रकाशित: सोमवार , २०७७ आषाढ  ८

 

बुटवल, असार । तानसेन नगरपालिका–११ पाल्पा सम्मोबारीमा पहिरो गएर दुई वटा गाडी बगाउँदा तीन जनाकाे मृत्यु भएकाे छ ।   पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो ।


ADVERTISEMENT

images

तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।  मृतकहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

पहिरोले अगाडिको सडक अवरुद्ध भएकाले रोकिएर रहेका मिनी ट्रक र ट्यांकरलाई पुनः खसेको पहिरोले बगाएको हो । यस्तै पहिरोले एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको छ ।

उनले भने, ‘जिपको आधा भाग सडक र आधा भाग सडकदेखि मुनि रहेको छ । तर कार भने सडकमै रहेको छ । पहिरोले दुवै सवारी साधनमा पनि क्षति पुर्‍याएको छ ।’

रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सवारी साधन अवरुद्ध भएका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पालपाका डीएसपी मदन गीरीको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा पहिरोको जोखिम बढेको स्थानीयको भनाइ छ । पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो । लगातार परेको वर्षाका कारण सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया