आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

कर्णाली: 'थप ११ मा सङ्क्रमण, १४ जना निको भए'

  • डेमोखबर

  • प्रकाशित: आइतवार , २०७७ आषाढ  ७

सुर्खेत, असार  । कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार २५६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका छ जना, सुर्खेत र दैलेखका दुई/दुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै, आइतबार १४ जनालाई डिस्चार्ज गरिएको छ । निको भएर घर जोनको सङ्ख्या ५३१ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेतबाट तीन जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट तीन जना, नौमुले आइसोलेसन सेन्टरबाट सात जना, जाजरकोट अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको हो । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या चार रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया