बुधवार , २०७७ आषाढ  २४ ( Wednesday , 2020 Jul 08 )

images

राष्ट्रपति भण्डारीको सक्रियता :“ओली र प्रचण्डलाई भनिन्, पार्टी र सरकार मिलेर जानुस”

‘.......यसपछि डाकियो असार १० मा स्थायी समिति बैठक’

  • डेमाेखबर

  • प्रकाशित: आइतवार , २०७७ आषाढ  ७

 

कठमाडौ, जेठ । नेपालको राजनीतिक ईतिहासमा एैतिहासिक महत्व राख्ने संबिधान संसोधन पछि अब एमसीसीको चर्चाले ठूलै तरंग ल्याएको छ । संसदमा छलफलमा प्रबेश गरेको एमसीसी अब ‘पाश कि फेल’ को चरणमा प्रबेश गरेको छ ।
एमसीसी पाश गर्न प्रतिपक्षी दल नेपाली काँग्रेस यसअघि नै सहमत भइसकेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र भने अझे किचलो छ । र, यही बिषयमा छलफल गर्न सत्तारुढ दल नेकपाले सचिवालय बैठक पटक पटक बोलाए, निष्कर्ष निस्किएन, मत बाझियो, बैठक स्थगित हुँदै गए ।
स्थायी समिति बैठक पनि राख्न सकेनन् । सचिवालयमा मत बाझिएपछि स्थायी समितिमा जाने । स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्पष्ट बहुमत रहेकाले प्रधानमन्त्री के पी शर्मा ओलीले आफूलाई पदबाट राजीनामा माग्छन र हटाउँछन भनेर स्थायी समिति बैठक रोक्दै आए । जति सारे नि बिबाद भने मत्थर भएन । सरो मात्रै । अन्ततः संसदबाट एमसीसीको टुङगो लगाउनुपर्ने र सचिवालयले पनि टुङगो लगाउन नसकेपछि अन्ततः स्थायी समिति डाक्न अनिबार्य भयो ।


ADVERTISEMENT

images


अब गर्ने के ?
प्रधानमन्त्री ओलीले चलख्याइँ गरे । राष्ट्रपति बिद्यादेबी भण्डारीलाई भनेर बोलाउन लगाएर सरकारलाई सहयोग गर्न भन्न लगाए । राष्ट्रपति भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीलाई एकैपटक बोलाइन । यो भेटघाट गत सोमबार साँझ ६ः०० बजे पछिको हो ।
राष्ट्रपति भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीलाई बोलाइन र दुबैलाई राखेर भनिन्, ‘तपाइँहरु अब मिल्नुस, मिलेर पार्टी र सरकार चलाउनुस ।’
यसबीचमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच भने निकै भनाभन र चर्काचर्की भइरह्यो । र, राष्ट्रपति भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्डलाई भनिन्, ‘सरकारलाइ सहयोग गर्नुपर्यो, सँधै यसरी चल्दैन ।’
यस्तो भेटघाट र कुराकानी करिव डेढघण्टा चल्यो । र, भालिपल्ट आएर स्थायी समिति बैठक डाकियो । यो बैठक असार १० गते बस्दैछ ।
नेकपाभित्र निकै बिबादमा रहेको यो एमसीसी सामान्यतया कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने निकै असजिलो छ । यसअघिको सचिवालय बैठकमा निणर््ाय हुननसकेको यो बिषयमा ओलीले प्रचण्डलाई यसबारे ‘डबल रोल’ नगर्नुस, मलाई त पास होस या फेल होस फरक पर्दैन, फरक पर्ने तपाइँलाई हो भनेर सचिवालय बैठक बस्ने र निर्णय गर्ने भन्ने बारेका छलफलमा बताइसकेको एक सचिवालय सदस्यले डेमोखबरलाई जानकारी दिए । 
संसदमा पनि यसअघि अनि ‘सिरियस’ छलफल भएको थियो । यो पाश किन गर्ने भन्ने बिषयमा परराष्टमन्त्री, अर्थमन्त्रीलगायतले धारणा राखिसकेका छन ।
यसमाथि किन यति धेरै बिबाद त ? यसभित्रका चलखेल फरक छन । उत्तरी पक्ष भन्छ, पाश गर्नु हुँदैन, त्यही अनुसारको शक्ति प्रयोगमा छ, अमेरिका तथा पश्चिमा राष्ट्र भन्छ, यो सम्झौता भइसकेको बिकास परियोजना हो बिबाद गर्ने बिषय होइन, सहमति भइ कार्यान्वयनमा आइसकेको छ, संसदले अनुमोदन गर्न बाँकी रहेकाले बैठकले निर्णय गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया