शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

नेपालको नयाँ नक्सालाई अमेरिकाको समर्थन : “नेपालीमा खुसी, दिए धन्यवाद”

अमेरिका तथा युरोपियन मिडियाले गरे नेपालकाे प्रशंसा

  • डेमोखबर

  • प्रकाशित: बुधवार , २०७७ आषाढ  ३

 


काठमाडौं, असार । नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा प्रयोगमा ल्याएपछि नेपालस्थित अमेरिकी राजदूतावासले पनि सो क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएको छ । अमेरिकी दूतावासले उब्त नक्सा आफ्नो आधिकारिक वेवसाइडमा राखेपछि नेपालीहरूले खुसी व्यक्त गर्दै अमेरिकालाई धन्यवाद दिएका छन ।
संसदले संबिधान संसोधन गरी नयाँ नक्सा प्रयोगमा ल्याएपछि अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथ नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो ।
सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि अमेरिकी दूतावास नै नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।
फेसबुक पेजमा नेपालको नयाँ नक्सा प्रयोग गरेपछि धेरै नेपालीले कमेन्ट गर्दै दूतावासलाइ धन्यवाद दिएका छन । केहीले पोष्ट शेयर समेत गरे ।
यो नेपालले नयाँ नक्सा सार्बजनिक गरेपछि अमेरिकाको वासिङठन पोष्ट, जर्मन, बेलायतका ठूला मिडियाले समेत भारतसँगको बिबादित क्षेत्र समेटेर नेपालले नयाँ नक्सा ल्याएको बिषय प्राथमिकताका साथ प्रकाशन गरेका छन ।
यो घट्नाले नेपालको अन्तर्राष्ट्रिय जगतले प्रशंसा गरेका छन भने अर्कातिर नेपालको छवि अमेरिकालगायत सरकारले हालै मात्र भारतको कब्जामा रहेका नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानमा समेत समावेश गरिसकेको छ ।


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया