शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

गर्छिन पुकार आमा

  • शाेभा काफले खतीवडा

  • प्रकाशित: बुधवार , २०७७ आषाढ  ३

 
युवाको गहना नपाई भूमि र घरवार सुन्य थिए !
विषाणु जव फैलियो जगतमा सन्तान घर फर्किए !!
 
हर घरमा खुशी फैलियो भूमि पनि हाँसेकी झैँ देखियो !!
युवा काँधमहा धरा र जननी र देश रम्ने भए !!
 
युवा लौ अव देश यो मिली जुली काँधमा उठाऊ भनि !
गर्छिन है बिन्ति यि हाम्री जननी हुन हाम्री जन्म भूमि !!
 
निन्द्रामा छ की देश ब्युझिन पुगि पौरख अव माग्दछ !
तन्नेरी वयको अपार शक्ति मा रम्न देश खोज्दछ !!
 
विश्वको शिर यो हिमाल छ जहाँ त्यो देश जगतको धनी !
पौरखले पसिना बगाई अव लौ सजाऊ मातृभूमि !!
 
कोरोना तिमीलाई दिन्छु मनको आशिष भूमि भन्दछिन !
खायौ सन्ततिको रगत कति तर फर्के युवा भन्दछिन !!
 
रित्तो भो मनको पिडा छटपटी शोभा गयो भन्दछिन !
घामको ज्योति र चन्द्रको मन पनि दुख्यो कि पो भन्दछिन् !!
 
युवा लौ अव घामका किरण झैँ देश यो सजाऊ भनि !
चन्द्रका मन मोहक पन सरि शोभा दिनु देश भरी !!
 
छैनन नि युवति युवा जगतमा रोई धरा बस्दछिन् !
आउन सन्तति र रमाउन सकुन मेरो भूमिमा भन्दछिन् !!
फर्कियौ देशका सन्तति पाई लौ न धरणी गौरवले हाँस्दछिन् !!
 
कोरोना समय पनि सकि ओरी पौरखले चम्कनु !!
हे युवा अव ता तिमी भुवनको शक्ति बनि झुल्कनु !
सङ्कटको समय चल्यो जगतमा माटो युवा माग्दछ !
हिम्मतले पसिना बगाऊ भनि लौ धर्तीको दिल भन्दछ !
के छैन भुमिमा लौ हेर तिमी नै फर्केर माटो चुम !
हिरा मोती अमुल्य रत्न कति छ लैजाऊ खोतली धन !!
 
ज्ञानले नै जलमा पुगि जगतको शक्ति उठाऊ झन !
विज्ञानी तिमी हौ भनि भुवनमा देशको पहिचान बन !!
 
पुर्खाको रज यो गरेर पौरख शिर्जना सुन्दर गरी !
समृद्दि पनि ल्याउनु अव तिमी माटो खोतली ओरी
हिमाली जलमा फुलाई फूल त्यो भूमि सजाऊ अव !
धर्तीको गहना सुरम्य भूमि यो युवा बनाऊ
सुन्दर अझ
 
त्ये दीब्य पनको छटा जगतको काली नदीमा पुगी !
माटोको महिमा कति छ बुझ लौ कर्णालीलाई चुमी !!
 
हो दीव्य लिपुलेक कलकल गरि सिमा भूमिको धरी !
कैलाली तकमा बहन्छि यिनी देशको सुरक्षा गरी !!
 
 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया