आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

एनसेलको डेटा र भ्वाइस प्याकहरू लिन अझै सजिलो

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  २

काठमाडौँ, असार  ।  एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।

यसका लागि एनसेल प्रा.लि.ले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।


ADVERTISEMENT

images

विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ ।

अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् । एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पुर्‍याउने आफ्नो प्रतिबद्धताबमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो ।

शुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकताअनुसार प्याकहरु सिधैं खुद्रा विक्रेता मार्फत किन्न सक्नेछन् । 

ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित मात्र रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहित मात्र रु. ४९८.८३ मा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् ।

डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् ।

प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिनेछैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया