बुधवार , २०७७ आषाढ  २४ ( Wednesday , 2020 Jul 08 )

images

काठमाडौँ उपत्यका र अन्य जिल्लाभित्रका लागि जारी सबै सवारी पास रद्द

सार्वजनिक सवारीसाधन गुड्न पाउने छैनन्

  • डेमोखबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  २

काठमाडौं,  असार । काठमाडौं उपत्यका र अन्य जिल्ला भित्रका लागि सबै निकायबाट जारी सवारी पासहरु रद्द आजबाट रद्द गरिएको छ । काठमाडौँ उपत्यका बाहिर जाने वा उपत्यका भित्रिने पास भने यथावत् राखिएको छ ।

अब जोर बिजोर प्रणालीमा सवारी चल्ने हुनाले पास रद्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपपी भीमप्रसाद ढकालले जानकारी दिए । प्रेस तथा अत्यावश्यक सेवाका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।


ADVERTISEMENT

images

मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै मोटरसाइमलमा एक जना र चारपाङ्ग्रे सवारी साधनमा चालक सहित तीन जना मात्र चढ्न पाउने छन् ।

बिरामी बोकेका र आपतकालीन अवस्थाका सवारी साधनलाई डिउटीमा खटिएका प्रहरीले अवस्था हेरेर निर्णय गर्ने महाशाखाको भनाइ छ । यी सबै नियम निजी सवारीसाधनका हकमा मात्र लागू भएको हो । सार्वजनिक सवारीसाधन गुड्न पाउने छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया