आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

प्रधानमन्त्री ओलीले भने : ‘ गफ हानेको होइन, ढुक्क रहुँ मुलुक बन्छ, सुशासन कायम हुन्छ ’

'जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ'

  • डेमोखबर

  • प्रकाशित: सोमवार , २०७७ आषाढ  १

काठमाडौं,  असार । मुलुकमा अब फेरि आन्दोलन जरुरी नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले भने, 'सुशासन र स्वच्छता कायम  हुन्छ, ढुक्क रहनुस ।'

बैकल्पिक सिकाइ प्रविधि आइतबारदेखि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ?


ADVERTISEMENT

images

आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा दोहोरिने हो कि ? कतिपय विज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको बताए ।

उनले अघि भनेका छन्, ‘म एकमुष्ट भन्न चाहन्छु, जति लड्ने हो यो पुस्ता लड्छ । मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सवित हुँदैन ।’

मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक नभएको प्रधानमन्त्री ओलीले बताए । अप्ठ्यारोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै उनले भनेका छन्, ‘आरोप लगाए जस्तो गफ हानेको होइन । ढुक्क रहुँ मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया