शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने : “एमसीसी पाश होस , नहोस मलाई फरक पर्दैन, फरक पर्ने तपाइँलाई हो”

प्रचण्ड गम्भीर, त्यसपछि सुरु भो ससदमा छलफल :'आज नेकपाको निर्णय आउँदै'

  • डेमोखबर बिशेष

  • प्रकाशित: आइतवार , २०७७ जेठ  ३२

 

काठमाडौँ, जेठ । नेपालको राजनीतिक ईतिहासमा एैतिहासिक महत्व राख्ने संबिधान संसोधन पछि अब एमसीसीको चर्चाले ठूलै तरंग ल्याएको छ । संसदमा छलफलमा प्रबेश गरेको एमसीसी अब ‘पाश कि फेल’ को चरणमा प्रबेश गरेको छ ।
एमसीसी पाश गर्न प्रतिपक्षी दल नेपाली काँग्रेस यसअघि नै सहमत भइसकेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र भने अझे किचलो छ । र, यही बिषयमा छलफल गर्न आज सत्तारुढ दल नेकपाले सचिवालय बैठक बोलाएको छ । साँझ ४ः०० बजे बोलाइएको बैठकमा सचिवालय सदस्यबाहेक एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडलाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।
यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । टुङगोमा भने पुग्नसकेको छैन । सचिवालय स्रोतका अनुसार सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पटिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन ।
नेकपाभित्र निकै बिबाद रहेको यो एमसीसी सामान्यतया कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने निकै असजिलो छ । यसअघिको सचिवालय बैठकमा निणर््ाय हुननसकेको यो बिषयमा ओलीले प्रचण्डलाई यसबारे ‘डबल रोल’ नगर्नुस, मलाई त पास होस या फेल होस फरक पर्दैन, फरक पर्ने तपाइँलाई हो भनेर सचिवालय बैठक बसने र निर्णय गर्ने भन्ने बारेका छलफलमा बताइसकेको एक सचिवालय सदस्यले डेमोखबरलाई जानकारी दिए ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई यसबारे खुलेर नबोल्ने, सचिवालय बैठक राखेर किन निर्णय नगरेको भन्ने प्रचण्डको भनाईमा बताएको पनि जनाएको छ ।त्यसपछि प्रचण्ड यस बिषयमा निकै गम्भीर बनेको पनि जनाइएको छ ।
संसदमा पनि यसअघि अनि ‘सिरियस’ छलफल भएको थियो । यो पाश किन गर्ने भन्ने बिषयमा परराष्टमन्त्री, अर्थमन्त्री लगायतले धारणा राखिसकेका छन ।
यसमाथि किन यति धेरै बिबाद त ? यस भित्रका चलखेल फरक छन । उत्तरी पक्ष भन्छ, पाश गर्नु हुँदैन, त्यही अनुसारको शक्ति प्रयोगमा छ, अमेरिका तथा पश्चिमा राष्ट्र भन्छ, यो सम्झौता भइसकेको बिकास परियोजना हो बिबाद गर्ने बिषय होइन, सहमति भइ कार्यान्वयनमा आइसकेको छ, संसदले अनुमोदन गर्ने हो ।


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया