आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

विपक्षी नेता देउवाले भने : "राष्ट्रिय अखण्डताको मुद्दामा सधैं समर्थन "

'विधेयक मुलुकको हितमा भएकाले कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समर्थन गरे'

  • डेमोखबर

  • प्रकाशित: शनिवार , २०७७ जेठ  ३१

काठमाडौं, जेठ । मुलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएकाले कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे । लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए ।


ADVERTISEMENT

images

अरू विषयमा आफू नबोल्ने भन्दै छोटो सम्बोधन गरेका देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने प्रष्ट पारे ।

सुगौली सन्धिदेखि नै काली (महाकाली) नदी पूर्वको भू-भाग नेपालको भन्ने प्रष्ट रहेको उनले बताए । देउवाले भने, ‘सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ ।

कसैले महाकाली पनि भन्छन् तर हामी उता काली नै भन्छौं । चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ । नेपालीमा भन्दा काली नदी नै हो त्यो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया