शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

कविता : आज देशमा रमिता छ

  • अस्मिता भण्डारी

  • प्रकाशित: मंगलवार , २०७७ जेठ  २७

 
 
आँधी आउने निश्चित छ
त्यसैले, आकाश कालो मैलो भएर
बादल मडारिरहेको छ..
 
कच्ची घरका झ्याल ढोकाहरु बलिया छैनन्
चट्याङ पर्ला झैं गरी बिजुली चम्कदैछ!
पश्चिम तिरबाट चलेको तुफानले
खेतीबाली नष्ट गर्दैछ ....
अब ,आँधी आउनेै लाग्यो...
घरको छानो उडाउनेै लाग्यो
काेराेनाको भन्दा ठूलो पिर त,
आँधि , हुरी ,बतास र भोकमारी को हुने भाे !!
अहिले लकडाउनकाे बेला छ ..
'अमेरिकी फौजी किरा'ले
सबै बालीनाली नष्ट गरिसक्यो...
दक्षिणतिरबाट फेरि 'सलह' भित्रिदैछ भन्छन्
खै ? कस्तो महामारी आयो -आयो.. ??
सबै तैनाथ हुनुपर्ने
सडक देखि सदनसम्म...
गाउँ देखि सहरसम्म ...
हिमाल, पहाड ,तराईसम्म
सडकमा 'फौजी किरा ' र 'सलह'का विरुद्धमा
पुलिसकाे डण्ठा र पानीकाे फोहाेरा चलेकाे छ
मुलुकका नाकाहरुमा गस्ती बढेको छ ...!!
तर पनि , सुख छैन आपसमा मन जलेको छ
विचार गलेको छ.....
देशको मानचित्र फराकिलो हुँदा खुशी
हुनुपर्ने, उल्टै रोदन बढेको छ...
संसदमा दोषारोपण चलेको छ ...
आज देशमा रमिता छ....
आँधी आउने निश्चित छ त्यसैले
आकाश कालो मैलो भएर बादल मडारिँदै छ !!
कोही रंगका कुरा गर्छन्
कोही रुप र भाषाको अन्तरविरोध गर्छन्
मधेष, हिमाल र पहाडको कुरा गर्छन्
यो आफ्नै घरभित्रको लडाइँमा
को विजयी हुने हो थाहा छैन ....!!
बुझ्ने अरु धेरै कुरा बुझ्छन् , जाे बुझ्नै सक्दैनन्
बाेल्न र सुन्नै सक्तैनन् , तिनका निम्ति
अाँधि , हुरि, चट्याङ उस्तै लाग्छ
काेराेना , 'फाैजिकिरा ' र ' सलह' पनि उस्तै लाग्छ
आँधी आउने निश्चित छ त्यसैले
आकाश कालो मैलो भएर बादल मडारिँदै छ
अाज देशमा रमिता छ !!

फेसबुकबाट तपाईको प्रतिक्रिया