आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

कोरोना कहरका विचमा पनि नरेश खातीको ‘माया मारेर’ बजारमा (भिडियोसहित)

  • डेमो खबर

  • प्रकाशित: शनिवार , २०७७ जेठ  २४

काठमाडौं, जेठ  । कोरोना कहरका विचमा पनि गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत रिलिज भएको छ ।

गीतको शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बिक हुन् । गायक खातीले लकडाउनका बेला भए पनि गीत खाफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।
गायक खातीले यसअघि ‘मेरी छोरी’ बोलको गीत ल्याएका थिए । सो गीतले एक करोडभन्दा धेरै भ्यु पाएको थियो । म्युजिक भिडियोको निर्देशन गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।


ADVERTISEMENT

images

म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीले अभिनय गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया