Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
सार्वजनिक नक्सा पाठ्य पुस्तकमा

अद्यावधिक नक्सा : "विद्यार्थीमाझ नयाँ नक्सा पु¥याउने गृहकार्य"

अद्यावधिक नक्सा : "विद्यार्थीमाझ नयाँ नक्सा पु¥याउने गृहकार्य"

सोमवार, जेठ १२ २०७७

  • 6.3K
    SHARES

  • अद्यावधिक नक्सा : "विद्यार्थीमाझ  नयाँ नक्सा पु¥याउने गृहकार्य"

    काठमाडौँ, जेठ  । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ ।

    यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया करिब सकिएको छ तर जनक शिक्षा सामग्री केन्द्रले जनाएकाे छ ।  विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने जनाइएकाे छ ।  पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ ।
    पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले  सञ्चारकमीर्सँग आधिकारिक निर्देशन आउन बाँकी रहेको जानकारी दिएका छन। निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना भने पूरा गर्न सकिने उनले बताए।
    प्राप्त जानकारी अनुसार छपाइ हुन बाँकी पुस्तकको हकमा नयाँ स्वीकृति दिन सकिने छ । छपाइ भएर विद्यार्थीको हातमा पुगिसकेको पुस्तकको हकमा भने विद्यालयलाई जानकारी गराएर विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराई पढ्न प्रेरित गरिनेछ । यसमा प्रविधिको प्रयोग गरेर शिक्षकलाई जानकारी गराउने योजना पनि अगाडि सारिएको छ ।
    विद्यालय तहसम्म नेपालको नयाँ नक्सा मात्रै अलगै छपाइ गरेर पनि पु¥याउन सकिने भट्टराईको भनाइ छ । केन्द्रका प्रवक्ता भट्टराईले छापिएका तर विद्यार्थीको हातमा पुग्न बाँकी रहेका पुस्तकको हकमा भने सबैभन्दा पछिल्लो पातोमा नक्सा टाँस गरेर पनि विद्यार्थीलाई उपलब्ध गराउन सकिने बताए । 

    सोमवार, जेठ १२ २०७७१०:१९:५६
    सम्बन्धित समाचार