Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
आज इद उल फित्र पर्व

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै, घरमै नमाज पढेर मनाइने

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै, घरमै नमाज पढेर मनाइने

सोमवार, जेठ १२ २०७७

  • 4.1K
    SHARES

  • मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै, घरमै नमाज पढेर मनाइने

    कठमाडौँ, जेठ ।  मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् ।

    अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

    विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

    आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

    अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

    यो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यस वर्ष कोरोना महामारीका कारण घण्टाघरस्थित जामे मस्जिदमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ ।

    मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँदैछन् ।

    यस पर्वको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

    सोमवार, जेठ १२ २०७७०२:३५:०७
    सम्बन्धित समाचार