बुधवार , २०७७ आषाढ  २४ ( Wednesday , 2020 Jul 08 )

images

कोरोनाबाट प्रभावित बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

अहिलेसम्म १ सय १४ जना संक्रमित

  • डेमोखबर

  • प्रकाशित: आइतवार , २०७७ जेठ  ११

काठमाडौं, जेठ ।  कोरोनाभाइरसको संक्रमणबाट प्रभावित बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गरिने भएको छ ।

आइतबार बसेको बाँके जिल्ला सुरक्षा समितिको वैठकले नरैनापुरको स्थितीलाई नियन्त्रणमा राख्नका लागि उक्त गाउँपालिकामा निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

images

आज रातिदेखि उक्त गाउँपलिकालाई निषेधित क्षेत्र घोषणा गरी सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिको वैठकले गरेको हो ।

उक्त गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना संक्रमित छन् । संक्रमितलाई अस्पताल लैजान नदिने र हुलहुज्जत गर्ने काम भएपछि शनिबार गाउँपालिकाले केन्द्र सरकारलाई गुहारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया