बुधवार , २०७७ आषाढ  २४ ( Wednesday , 2020 Jul 08 )

images

नेत्र भन्डारी र सिता केसीको देश प्रेमी गित ‘हाम्रो भुमी फिर्ता गर ’ बाट भारतलाई चेतावनी (भिडियो )

  • डेमो खबर

  • प्रकाशित: आइतवार , २०७७ जेठ  ११

भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक गायिका तथा कलाकारहरु एक जुट भएर अघि बढेका छन् ।

गायक नेत्र भण्डारी, कृष्ण केसी, गायिका मिना लामा र सिता केसी को आवाजमा रहेको ‘हाम्रो भुमी फिर्ता गर ’गीत यूट्यूबबाट सार्वजनिक गर्दै भारतीयले हस्तक्षेप गरेका भूमिहरु नेपालले फिर्ता ल्याउन सबै नेपाली एकजुट हुन आग्रह गरिएको छ ।


ADVERTISEMENT

images

सो गीतले सम्पूर्ण नेपालीहरु एकजुट भएर आफ्नो सीमा जोगाउन अघि बढौं भन्ने भावना बोकेको छ । विश्वमा कोरोना भाइरसले त्रसित बनाइरहेको बेला भारतले भने सीमानामा सडक निर्माण गरेको छ । विसम परिस्थिीतिका बाबजुत पनि हामी नेपालीले राष्ट्रिय स्वाभिमानको लागी सदैव नेपालको भूमिमा निर्माण गरेको सडकको विषयमा यतिखेर सरकारी तबरबाट पनि नक्सा सार्वजनिक गरिसकेको छ भने भूमि फिर्ता गर्ने अभियानमा सबै एकजुट आव्हान गरिएको छ ।

प्रेम कटवालको शब्द तथा कृष्ण केसीको संगीत संयोजन सो गीतमा रहेको छ । मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मार्फत समेटिएको छ । ‘हाम्रो भुमी फिर्ता गर ’ गीत मार्फत सम्पुुर्ण नेपालीले भारतिय विस्तार बादको विरुद्धमा आवाज उठाउनको लागी आव्हान गरिएको छ ।

सुरेश श्रेष्ठको छायाँकन , क्रन्ति केसी को सम्पादन तथा शिवन पोखरेलको निर्देशन भिडियोमा रहेको छ । ‘हाम्रो भुमी फिर्ता गर ’ गीतको भिडियोमा चन्द्र शर्मा , शंकर विसी , पशुपति शर्मा , रमेश राज भटटराई , केपि खनाल , शिवराज कार्की , विनित अर्याल , अस्मित रायमाझी , नवराज कोइराला , सुरेश हमाल, आंङकाजी शेर्पा , प्रेम कटवाल , प्रकाश घिमिरे ,शिवन पोखरेल ,सिताराम पोखरेल , शेरवहादुर डिसी , कृष्ण कडेँल , सिडि विजय अधिकारी , अनिता बस्नेत , भिम केसी , अनुमती नेपाली , लक्ष्मी आचार्य , समिला रायमाझी , आर्यन पुडासैनी , मधु आचार्य , नेत्र राउत , सुवास खड्का , रामकृष्ण श्रेष्ठ , नारायण सरु , प्रकाश बराइली , जुरी ठाकुर लगायत कलाकारको अभिनय भिडियोमा रहेको छ ।

https://www.youtube.com/watch?v=td9Zm7ZZDi8

फेसबुकबाट तपाईको प्रतिक्रिया