बुधवार , २०७७ आषाढ  २४ ( Wednesday , 2020 Jul 08 )

images

नेपालमा कोरोना : "थप ३६ मा संक्रमण संक्रमित ५८४ पुगे"

बाँके २७ , बैतडीमा चार, बर्दिया एक, झापामा एक जना र सुर्खेतमा तीनमा संक्रमण पुष्टि

  • डेमोखबर

  • प्रकाशित: शनिवार , २०७७ जेठ  १०

काठमाडौं, जेठ । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा चार जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

images

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएका हुन् ।

यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया