Logo

शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020

images
कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा कोरोना : "थप ९ मा संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे"

नेपालमा कोरोना : "थप ९ मा संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे"

शुक्रवार, जेठ ९ २०७७

  • 8.8K
    SHARES

  • नेपालमा कोरोना :  "थप ९ मा  संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे"

    काठमाडौं, जेठ  ।  थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

    शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

    शुक्रवार, जेठ ९ २०७७०३:२५:३०
    सम्बन्धित समाचार