images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

बुटबल उपमहानगर : ' गठबन्धनका मेयर कांग्रेसका खेलराज पाण्डेयकाे अग्रता'

बुटबल उपमहानगर : ' गठबन्धनका मेयर कांग्रेसका खेलराज पाण्डेयकाे अग्रता'

शनिवार, बैशाख ३१ २०७९

  • 409
    SHARES

  • बुटबल उपमहानगर   :  ' गठबन्धनका मेयर कांग्रेसका खेलराज पाण्डेयकाे अग्रता'

    बुटवल, बैशाख । रुपन्देहीको बुटबल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले अग्रता लिएका छन् ।

    मेयरमा कांग्रेसका खेलारज पाण्डेयले पाँच सय मत प्राप्त गरेका छन् । राप्रपाका मृगेन्द्रकुमार शेरचलन दोस्रो नम्बरमा रहकेा छन् । उनले २ सय ५६ मत प्राप्त गरेका छन् ।

    images

    एमालेका बाबुराम भट्टराई भने तेस्रो नम्बरमा रहेका छन् । हालसम्मको मतपरिणामअनुसार भट्टराईले २ सय १ मत प्राप्त गरेका छन् ।

    उपमेयरतर्फ राप्रपाले अग्रता लिएको छ । राप्रपाकी भवगती पाण्डेले २ सय ८५ मत प्राप्त गर्दा एमालेका सावित्रादेवी अर्यालले २ सय ४३ मत प्राप्त गरेकी छन् ।

    गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङ भने तेस्रो नम्बरमा रहेका छन् । उनले २ सय ३ मत प्राप्त गरेका छन् । मतगणना कार्य जारी रहेको छ ।

    शनिवार, बैशाख ३१ २०७९०८:५७:३१

    डेमो खबर

    सम्बन्धित समाचार