काठमाडौँ, बैशाख । देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । शनिबार अपरान्हसम्म ११ वटा स्थानीय तहको परिणाम आएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जितेका छन् ।
माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र कांग्रेससहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ ।
अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासो गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो । त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए ।
निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ८ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ४, कांग्रेस ३ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।
शनिबार पौने चार बजेको परिणाम अनुसार नेपाली कांग्रेसले १८७ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १६६ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६९, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् ।
नेकपा एसले जितेका स्थानीय तह
एमालेले जितेका स्थानीय तह
कांग्रेसले जितेका स्थानीय तह
माओवादी केन्द्रले जितेका स्थानीय तह