लमजुङ, बैशाख । हिमाली जिल्ला मनाङका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ। नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो। सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना राति नै हुने बताए । जिल्ला निर्वाचन अधिकारी पुष्पराज खनालका अनुसार नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने भएको छ ।
मनाङमा ६२.६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।सबैभन्दा धेरै ३ हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको छ ।
नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३.०१ प्रतिशत मत खसेको छ चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७.८५ प्रतिशत मत खसेको छ ।