वैशाख काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपरान्ह ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपरान्ह ४ बजेसम्ममा ५५ प्रतिशत मतदान भएको जानकारी दिए।
यो निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेका छन ।