images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images
स्थानीय तह निर्वाचन २०७९

निर्बाचन अपडेट : 'देशभर १६ स्थानमा झडप, ८ मा हवाई फायर'

निर्बाचन अपडेट : 'देशभर १६ स्थानमा झडप, ८ मा हवाई फायर'

शुक्रवार, बैशाख ३० २०७९

  • 997
    SHARES

  • निर्बाचन अपडेट : 'देशभर १६ स्थानमा झडप, ८ मा  हवाई  फायर'

    काठमाडौँ, बैशाख । देशभर स्थानीय तहको मतदान सामान्यतया शान्तिपूर्ण रुपमा  भइरहेको छ । केही स्थानमा भने झडपका घटना भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ ।

    कान्तिपुर दैनिक लेख्छ, देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, भएको छ । 

    images

    त्यस्तै, कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ । दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडप भएका छन् ।

    बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान  हुँदा दुबै पक्षका एक एक जना घाइते भएका छन् ।

    शुक्रवार, बैशाख ३० २०७९११:५८:०८

    डेमो खबर

    सम्बन्धित समाचार