images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

दोलखा बैतेश्वरमा बुथ कब्जाको प्रयत्न : 'बिहानदेखि नै तनाव, मतदान रोकियो'

दोलखा बैतेश्वरमा बुथ कब्जाको प्रयत्न : 'बिहानदेखि नै तनाव, मतदान रोकियो'

शुक्रवार, बैशाख ३० २०७९

  • 1.0K
    SHARES

  • दोलखा बैतेश्वरमा बुथ कब्जाको प्रयत्न : 'बिहानदेखि नै तनाव, मतदान रोकियो'


    दोलखा  बैशाख । दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।

    निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन । स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
    गैरीमुदीका जनज्योती मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ । त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
    वैत्यश्वर कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

    images

     

    शुक्रवार, बैशाख ३० २०७९०९:२४:०२

    डेमो खबर

    सम्बन्धित समाचार