images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

उम्मेदवारमाथि खुकुरी प्रहार

उम्मेदवारमाथि खुकुरी प्रहार

आइतवार, बैशाख २५ २०७९

  • 321
    SHARES

  • उम्मेदवारमाथि खुकुरी प्रहार

    भोजपुर, वैशाख। भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । 

    षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    images

    खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । 

    आइतवार, बैशाख २५ २०७९१०:५२:०९

    डेमो खबर

    सम्बन्धित समाचार