Logo

सोमवार, आश्विन १२ २०७७Sep 28 2020

images

'टुटल', 'पठाओ' बन्द नगर्न तथा कानुन बनाएर सञ्चालन गर्न उच्च अदालत पाटनकाे आदेश

'टुटल', 'पठाओ' बन्द नगर्न तथा कानुन बनाएर सञ्चालन गर्न उच्च अदालत पाटनकाे आदेश

शुक्रवार, फाल्गुण २ २०७६

  • 4.9K
    SHARES

  • 'टुटल', 'पठाओ' बन्द नगर्न तथा कानुन बनाएर सञ्चालन गर्न उच्च अदालत पाटनकाे आदेश

    काठमाडौं, फागुन । उच्च अदालत पाटनले मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने 'पठाओ' र 'टुटल' जस्ता सेवा बन्द नगर्न तर कानुन बनाएर सञ्चालन गर्न आदेश दिएको छ ।

    अखिल नेपाल मजदुर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले गएको मङ्सिर २२ गते दायर गरेको रिटमा न्यायाधीशहरु श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको  इजलासले कानुन बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

    उच्च अदालत पाटनले अहिले नै टुटल, पठाओ लगायतको सेवा बन्द नगर्न र कानुन बनाएर सञ्चालन गर्न आदेश दिएको हो । 

    यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि टुटल र पठाओलाई अहिले सेवा दिइरहेका बेलामा कारबाही गर्ने र रोक्ने कुरा नगर्न निर्देशन दिनुभएको थियाे ।

    बरु टुटल र पठाओ जस्ता निजी नम्बर प्लेटका सवारी साधनले भाडाका यात्रु ओसार्नको लागि नियमन गर्ने कानुन निर्माणमा जुट्न पनि मन्त्री नेम्वाङले निर्देशन दिनुभएको थियाे । 

    शुक्रवार, फाल्गुण २ २०७६०३:५१:३९
    सम्बन्धित समाचार