images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

पन्ध्र जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण

पन्ध्र जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण

शुक्रवार, बैशाख २३ २०७९

  • 305
    SHARES

  • पन्ध्र जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण

    काठमाडौँ, वैशाख ।कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा तीन हजार ४५३ जनामा कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१५ रहेको छ । पछिल्लो समय १७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४७ पुगेको छ । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन् ।

    images

    शुक्रवार, बैशाख २३ २०७९१०:०५:१४

    डेमो खबर

    सम्बन्धित समाचार