Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस

फेब्रुअरी १४ : 'भ्यालेन्टाइन डे' अर्थात् प्रेम अभिव्यक्त गर्ने दिन !

फेब्रुअरी १४ : 'भ्यालेन्टाइन डे' अर्थात् प्रेम अभिव्यक्त गर्ने दिन !

शुक्रवार, फाल्गुण २ २०७६

  • 5.1K
    SHARES

  • फेब्रुअरी १४ : 'भ्यालेन्टाइन डे' अर्थात् प्रेम अभिव्यक्त गर्ने दिन !

    काठमाडौं, फागुन । आज फेब्रुअरी १४, 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्ला समयमा नेपालमा पनि मनाउन थालिएको छ ।

    नेपालका शहरी क्षेत्रमा यसको प्रभाव धेरै पाइएको छ । याे दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, रातो गुलाबलगायत उपहार दिने गरिन्छ ।

    इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

    सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो ।

    प्रणय दिवसको दिन विशेषगरी गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आज गुलाबको फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।  

    शुक्रवार, फाल्गुण २ २०७६०३:१९:५९
    सम्बन्धित समाचार