Logo

सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images
images

नेपालको शानदार प्रदर्शनः ३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

नेपालको शानदार प्रदर्शनः ३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

बुधवार, माघ २९ २०७६

  • 6.1K
    SHARES

  • नेपालको शानदार प्रदर्शनः ३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

    आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन दुई अन्तर्गत अमेरिकासँगको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । त्रिवि मैदानमा टस जितेर पहिले फिल्डिङ्ग गरेको नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमा समेटेको हो ।

    नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । यस्तै सुशन भारीले चार विकेट लिएका छन्।

    ६ ओभर बलिङ्ग गरेका सन्दीपले एक मेडन राख्नै मात्रै १६ रन खर्चेर आधा दर्जन विकेट लिएका हुन् । यस्तै सुशन भारीले मात्रै तीन ओभर बलिङ्ग गरे । उनले एक मेडन राख्दै पाँच रन खर्चेर चार विकेट लिन सफल भएका हुन् ।

    अहिलेसम्म भएका तीनै खेलमा अमेरिका पराजित भएको छ । नेपालले तीन मध्ये दुई खेलमा हार बेहोरेको छ । नेपालले यसअघिको खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

    अमेरिका ओमानसँगका दुवै खेलमा पनि पराजित भएको छ । ओमानले नेपाललाई पनि दुवै खेलमा पराजित गरेको छ । पहिलो खेलमा ओमानले नेपालमाथि १८ रन तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।

    ओमानले शृङ्खलाका चारै खेलमा जित निकालेको छ र उ तालिकाको शीर्ष स्थानमा पुगेको छ । अमेरिका दोस्रो स्थानमा छ भने नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

    बुधवार, माघ २९ २०७६०५:१२:०३
    सम्बन्धित समाचार