images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

विराटनगर : ‘खोपको अभाव छैन, लगाउन गाउँ टोलमै पुग्छौं’

विराटनगर : ‘खोपको अभाव छैन, लगाउन गाउँ टोलमै पुग्छौं’

सोमवार, माघ ३ २०७८

  • 925
    SHARES

  • विराटनगर : ‘खोपको अभाव छैन, लगाउन गाउँ टोलमै पुग्छौं’


    विराटनगर, माघ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आइतबार साँझसम्म नेपालका ४० प्रतिशत जनसङ्ख्याले कोरोना भाइरस विरूद्धको खोप लगाएको बताएका छन ।  

    सोमबार विराटनगरमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले १८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको जानकारी दिए । 
    कोरोना विरूद्धको खोप प्रयाप्त मात्रामा मौज्दात रहेको र दुईकरोड मात्राभन्दा बढी थप खोप सुनिश्चित भइसकेकाले खोपको कुनै अभाव नरहेको भन्दै उनले पछिल्लो समय खोप लगाउन आउनेको सङ्ख्या न्यून भएकोले सरकारले गाउँटोलमै पुगेर खोप सेवा सञ्चालन गर्ने तयारी गरिरहेको  जनाएका छन ।  
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले नियमित खोप लगाउने खोप केन्द्रबाहेक सर्वजनिक स्थलहरूमा खोप डेस्क स्थापना गरेर नागरिकलाई पहिलो र दोस्रो मात्रा खोप लगाउने तयारी बढाएको बताए । 
    ‘सरकारसँग प्रयाप्त खोप छ तर खोप लगाउनेहरू खोप केन्द्रसम्म आइरहेका छैनन्,’ मन्त्री खतिवडाले भने, ‘पहिलो र दोस्रो मात्रा खोप नलगाएसम्म ‘बुस्टर’ मात्रा दिन नमिल्ने भएकोले सबैलाई खोप लगाउन गाउँ टोलमै पुग्ने गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न हामीले तीनै तहका सरकार र निकायहरूलाई निर्देशन गरेका छौं ।’ 
    जनतालाई सुविधाजनक ढंगले खोप उपलब्ध गराउन सरकार तत्पर रहेको भन्दै प्रदेश नम्बर १ बाट खोप अभियानलाई तीव्रता दिनका लागि अभियान आरम्भ गरेको मन्त्री खतिवडाले जनाए । 
    अभियान विस्तारकै क्रममा मन्त्री खतिवडा सोमबार प्रदेश २ मा पुगेर प्रदेश सरकार र स्थानीय तहहरूसँग छलफल र समन्वय गर्ने कार्यक्रम रहेको बताइएको छ । 
    १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लागि आवश्यक खोप सरकारसँग मौज्दात  भएपनि त्यसमा लाग्ने घोलन र सिरिन्ज विश्वभर अभाव भएकोले केही ढिलाइ भएको मन्त्री खतिवडाले जानकारी दिए ।  पछिल्लो समय घोलनको आपूर्ति हुन थालेको र सिरिञ्ज पनि केही दिनमा आइपुगेपछि एकैपटक सबैतिर १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने उनले बताएका छन ।  
    बुस्टर खोपको समस्या छैन 
    दुई मात्रा खोप लगाएको छ महिना पुरा भएकाहरूले बुस्टर मात्रा लिन सक्ने मन्त्री खतिवडाले बताएका छन । पहिले लगाएकै खोपको थप मात्रा लगाउनुपर्ने भएकोले यसै अभियानमा नागरिकले बुस्टर खोप लगाउनसक्ने  जनाएका छन ।  
    खोप केन्द्रमा प्राविधिक तयारी नपुगेर एक÷दुई दिन ढिलाइ भए पनि बुस्टर मात्रा खोप लगाउन कुनै समस्या नरहेको उनले बताए ।  अहिले फ्रन्टलाइनर, दीर्घ रोगी, जेष्ठ नागरिकलाई बुस्टर मात्रा दिने योजना रहेको भन्दै सोही अनुसार बुस्टर मात्रा पनि उपलब्ध गराउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन गरिसकिएको मन्त्री खतिवडाले जानकारी दिए ।  
    वीपी प्रतिष्ठानको समस्या तत्कालका लागि समाधान
    स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उत्पन्न समस्या तत्कालका लागि समाधान भएको बताएका छन । 
    पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानका वर्तमान पदाधिकारीहरूलाई काम गर्न रोक लगाएको र श्यामसुन्दर यादवको नेतृत्वमा लेखा, प्रशासन लगायत सबै क्षेत्रका व्यक्तिलाई समेटेर पाँच सदस्यीय टोली बनाएको जानकारी दिए ।  

    images

     

    सोमवार, माघ ३ २०७८०९:०५:१४

    डेमो खबर

    सम्बन्धित समाचार