काठमाडौं, माघ । सोमबार सेयर बजारको परिसूचक नेप्से २०.६४ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २९४७ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ। बैंकिङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन बीमा ८०, उत्पादन ९९, निर्जीवन बीमा ५० र अन्य उपसमूह २३ अंकले बढेका छन ।
व्यापार ९, लघुवित्त ६, फाइनान्स ०.९ र विकास बैंक उपसमूह २३ अंकले घटेका छन । यस दिन पनि मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो ।
दुई सातादेखि निरन्तर १० प्रतिशतले बढेको यो कम्पनीको मूल्य प्रतिकित्ता ४५८.८० रुपैयाँ पुगेको छ। सिंगटी हाइड्रो, सीईडीबी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढ्यो।
कुल ८१ कम्पनीको सेयर मूल्य घट्दा ९७ को बढ्यो भने ११ को स्थिर रह्यो। कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । त्यसपछि क्रमश: अपी पावर, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र शिवम् सिमेन्ट कारोबारका आधारमा अगाडि रहे।