images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

सर्लाही जिल्ला प्रशासन : 'कर्मचारी सङ्क्रमित हुँदा सेवा प्रभावित'

सर्लाही जिल्ला प्रशासन : 'कर्मचारी सङ्क्रमित हुँदा सेवा प्रभावित'

शुक्रवार, पौष ३० २०७८

  • 397
    SHARES

  • सर्लाही जिल्ला प्रशासन : 'कर्मचारी सङ्क्रमित हुँदा सेवा प्रभावित'


    सर्लाही, पुस  । प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका १२ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रभावित भएको छ । 

    जिल्ला अस्पताल मलङ्गवामा पीसीआर परीक्षण गर्दा बुधबार बेलुका जिल्ला प्रशासन कार्यालयका दुई जना प्रशासकीय अधिकृतसहित ११ जना कर्मचारीको कोरोना परीक्षण पोजेटिभ आएको हो । 
    प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम यसअघि गएको सोमबारदेखि नै कोरोना सङ्क्रमित भई ‘आइसोलेसन’मा हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी गौतमले कार्यालयका दुई जना प्रशासकीय अधिकृतमध्ये दुवै जनामा कोरोना सङ्क्रमण देखिएपछि सेवा प्रवाहमा समस्या परेको बताएका छन । 
    प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापासहित सङ्क्रमण पुष्टि भएका ११ जना कर्मचारी ‘होम आइसोलेसन’मा बस्नुभएको छ ।  अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयलाई नागरिकता प्रदान गर्नेदेखि अन्य नियमित सेवा प्रवाह गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।  कार्यालयले अब केही दिन अत्यावश्यक सेवा मात्रै प्रवाह गर्ने भएको छ । 
    अत्यावश्यक परेका सेवाग्राहीलाई नागरिकतासहित अन्य सेवा प्रवाहका लागि तत्काल इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्यप्रसाद दाहाललाई केही दिनका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय दुवै हेर्ने गरी जिम्मेवारी दिइएको छ । केही दिनअघि काठमाडौँ जानुभएका दाहाल बिहीबार बिहानै त्यहाँबाट हिँडिसक्नुभएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।  
    जिल्ला प्रशासन कार्यालय सर्लाहीमा विशेष गरी नागरिकता बनाउने सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । कार्यालयले अब केही दिन अत्यावश्यक परेकालाई मात्रै नागरिकता दिने भएपछि सेवाग्राही भने थप मारमा पर्ने भएका छन् । 
    जिल्लामा अहिले प्रमुख जिल्ला अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखसमेत कोरोना सङ्क्रमित भई आइसोलेसनमा बसेका छन । प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख चन्दन झालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । 
    यस्तै सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साह पनि कोरोना सङ्क्रमित भई आइसोलेसनमा बसिरहनुभएको छ ।

    images

     

    शुक्रवार, पौष ३० २०७८०९:१६:४४

    डेमो खबर

    सम्बन्धित समाचार