images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

वडाध्यक्ष निलम्बनमा : 'वडा सदस्यलाई जिम्मेवारी' 

वडाध्यक्ष निलम्बनमा : 'वडा सदस्यलाई जिम्मेवारी' 

शुक्रवार, पौष ३० २०७८

  • 321
    SHARES


  • सर्लाही, पुस । सर्लाहीको ईश्वरपुर नगरपालिका–११, कर्मोहानमा बिहीबारबाट महिला वडा सदस्यले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएका छन ।  
    वडाध्यक्ष रामदुलार साह र अरू दुई वडासदस्य भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेपछि बुधबार बसेको नगर कार्यपालिकाको बैठकले दुई जना महिला वडा सदस्यमध्ये ज्येष्ठताका आधारमा महिला वडासदस्य शैलियादेवी कुमहारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेको हो ।

    वडा कार्यालयबाट हुने हरेक सिफारिसमा बिहीबारदेखि उहाँकै हस्ताक्षर चल्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गरेपछि वडाध्यक्ष रामदुलार साह, वडासदस्य सोनेलाल साह रौनियार र उमेश राय निलम्बनमा परेका छन ।

    images

    अख्तियारले उच्च अदालतमा मुद्दा दायर गरेसँगै उनीहरू यही पुस १६ गतेबाट निलम्बनमा परेका ह’न । तारेखमा रहनुभएका उहाँहरू तीनै जना अहिले गाउँमै छन । 
    वडा नं. ११ को भलुवाहीमा सडक निर्माण कार्य सम्पन्न गरेपश्चात् उपभोक्ता समितिसँग लिएको एकलाख ५० हजार रुपियाँ घुस रकमसहित अख्तियारको टोलीले गएको कात्तिक २९ गते वडासदस्य सोनेलाल साह रौनियार र उमेश रायलाई लालबन्दीबाट रङ्गेहात पक्राउ गरेको थियो । 
    अनुसन्धान गर्दै जाँदा वडाध्यक्ष रामदुलार साहको निर्देशनमा वडासदस्य उमेश रायले घुसरकम लिएको र अर्का वडासदस्य सोनेलाल साह रौनियारलाई राख्न दिएको खुलेको अख्तियारले जनाएको छ । ईश्वरपुरमा अब दुईवटा वडामा कार्यवाहक वडाध्यक्ष महिला भएकी छन ।  
    यसअघि ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएपछि नगर कार्यपालिकाको बैठकले त्यहाँको ज्येष्ठ महिला वडासदस्य विष्णुमाया सुस्लिङलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको थियो । सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा कतै पनि प्रत्यक्ष निर्वाचित पालिका प्रमुख तथा वडाध्यक्ष महिला छैनन् । 

     

    शुक्रवार, पौष ३० २०७८०९:०४:१५

    डेमो खबर

    सम्बन्धित समाचार