images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

रौतहट : 'करोडौँका सवारी साधन नष्ट पारिँदैछ' 

रौतहट : 'करोडौँका सवारी साधन नष्ट पारिँदैछ' 

शुक्रवार, पौष ३० २०७८

  • 397
    SHARES

  • रौतहट : 'करोडौँका सवारी साधन नष्ट पारिँदैछ' 


    गौर, पुस  । रौतहटको विभिन्न सरकारी कार्यालयमा बिग्रेको भनेर थन्काइएका सवारी साधनलगायत फर्निचर समयमा लिलाम नगरिँदा करोडौँ रुपियाँ बराबरको सम्पत्ति नष्ट हुँदैछन् ।

    विभिन्न समयमा खरिद गरिएका सवारीसाधन तथा फर्निचर, विद्युतीय सामग्री बिग्रे पनि कार्यालयको उदासीनताका कारण समयमै लिलाम गर्न नसकिएकोले ती सम्पत्ति नष्ट हुँदै गएका हुन् । 
    जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, नेपाल विद्युत् प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, सिँचाइ, जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय, गौर भन्सार कार्यालयलगायत विभिन्न कार्यालयमा बिग्रेको भनी थन्काइएका सवारी साधन लिलाम नगरी कार्यालय परिसरमै जथाभावी रूपमा राखिएका छन् । 
    त्यस्ता अधिकांश सवारी साधनको पार्टपुर्जा हराएका छन् तर कार्यालयलाई यी पुर्जा कसले लग्यो भन्ने केही थाहा नभएको सम्बन्धित कार्यालयका कर्मचारी बताउँछन् । 
    सरकारी झन्झटिलो प्रक्रिया एउटा कारण भए पनि कार्यालयको लापरबाहीले पनि यी सवारी साधन लिलाम बिक्री नगरेको देखिन्छ । कार्यालय र कर्मचारी आफ्नो लापरबाहीले यी सम्पत्ति नष्ट भएको स्वीकार गर्न तयार हुँदैन । 
    यहाँका अधिकांश कार्यालयका सवारी साधन सरकारी काम काजभन्दा व्यक्तिगत प्रयोजनमा प्रयोग हुन गरेकाले सवारी साधनको दुरुपयोग भइरहेको स्थानीय मनोज साह बताउँछन । 

    images

    शुक्रवार, पौष ३० २०७८०८:५९:४२

    डेमो खबर

    सम्बन्धित समाचार