images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

अफगानिस्तानमा वित्तीय सङ्कट , ५० प्रतिशत काम अवरूद्ध : रिपोर्ट

अफगानिस्तानमा वित्तीय सङ्कट , ५० प्रतिशत काम अवरूद्ध : रिपोर्ट

बिहिवार, पौष २९ २०७८

  • 217
    SHARES

  • अफगानिस्तानमा वित्तीय सङ्कट ,  ५० प्रतिशत  काम अवरूद्ध : रिपोर्ट

    काबुल, अफगानिस्तान, पुस । अफगानिस्तानका करिब आधा कारखानाले गत वर्षको अगस्टमा तालिवान शासन स्थापना भएपछि देशमा व्याप्त आर्थिक सङ्कटका कारण आफ्नो नियमित सेवा अवरूद्ध भएको रिपोर्ट स्थानीय सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेका छन् ।

    ‘चेम्बर अफ इन्डस्ट्री एण्ड माइन’लाई उद्धृत गर्दै टोलो न्युजद्वारा सम्प्रेषित समाचार रिपोर्ट अनुसार यी कारखानाहरूले बैंकिङ्ग समस्या र कच्चा पदार्थको अभावका साथै बजारको माग घटेका कारण काम गर्न बन्द गरेका हुन् । चेम्बरका अधिकारी मोहम्मद करीम अजीमीले भन्नुभयो, “बजार, बैंकिङ समस्या र बिजुलीको समस्यामा कम मागका कारण ४०–५० प्रतिशत गतिविधि रोकिएको छ ।”

    images

    कारखानाका केही मालिकहरूले आफ्नो व्यवसायिक गतिविधि सञ्चालन गर्न बिजुलीको अभावमा आफ्नो चिन्ता व्यक्त गरेका अन्य अफगानी सञ्चारमाध्यमले पनि जनाएका छन् । आफ्नो बिजुलीको आवश्यकताको लागि अफगानिस्तान ज्यादातर मध्य एसियाली देशहरूमा निर्भर हुन्छ ।

    हालै उज्बेकिस्तानले अफगानिस्तानमा बिजुली घटाएको छ र देशका अधिकारीहरूले मार्जन पावर स्टेशनमा उत्पन्न भएको प्राविधिक समस्याले गर्दा यो समस्या उत्पन्न भएको एरियाना न्युजले द अफगानिस्तान ब्रेश्ना शेरकत (डीएबीएस) को बयान उद्धृत गरी उल्लेख गरेको छ ।

    अफगानिस्तानले वित्तीय समस्यासँगै कठोर मानवीय सङ्कट पार गरिरहेको हुनाले थुप्रै विकास तथा निर्माण परियोजनाहरू रोकिएका छन् ।

    यसबीच, तालिबानले अमेरिकी बहिर्गमनपछि आर्थिक सङ्कटग्रस्त देशमा मानवीय संकटको चिन्ताको बीचमा विदेशी सहायता बिना आगामी वित्तीय वर्षको लागि पहिलो वार्षिक बजेट पारित गरेको छ ।

    मङ्गलबारको बैठकमा अफगानिस्तानको इस्लामिक इमिरेट्सले चालु वर्षको अन्तिम साताको बजेटको मूल्याङ्कन गर्नुका साथै वित्तीय वर्षको अवधिमा भएका परिवर्तनबारे छलफल गरेको खामा प्रेसले जनाएको छ । एएनआई

    बिहिवार, पौष २९ २०७८१०:११:५०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार