images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

सिरहा : 'राहत कुर्दैछन् शीतलहर पीडित'

सिरहा : 'राहत कुर्दैछन् शीतलहर पीडित'

बिहिवार, पौष २९ २०७८

  • 321
    SHARES

  • सिरहा : 'राहत कुर्दैछन् शीतलहर पीडित'


    सिरहा, पुस  । प्रत्येक वर्ष तराई–मधेसमा आउने शीतलहरमा चिसोले कठ्याङ्ग्रिएपछि मात्रै दिइने राहत शीतलहर आउनुभन्दा अगाडि दिनुपर्ने दलित अगुवाहरूको माग छ । 
    शीतलहरको चपेटामा पर्नेे यकिन तथ्याङ्क स्थानीय सरकारले पालिकाभित्र सङ्कलन नगरिने र विपत् व्यवस्थापन समिति सक्रिय नहुनुले सिरहा जिल्लामा सबैभन्दा बढी मुसहर समुदायले कष्टकर जीवन बिताउन बाध्य भएको दलित अगुवा रामस्वरूप सदायको भनाइ छ । 
    यसै वर्ष चिसोमा कठयाङ्ग्रिएर कल्याणपुर नगरपालिकामा एक दलितको मृत्यु भइसकेको छ भने कति मृतकहरूको तथ्याङ्क सरकारी निकायमा पुग्न पनि नसकिरहेको उनले पीडा पोखेका छन । उनका अनुसार सिरहामा ४२ हजार मुसहर समुदायमध्ये दुई प्रतिशत मुसहरको सुरक्षित आवास र शीतलहर छल्ने सामथ्र्य छैन । 
    कुनै पनि सरकारले शीतलहरमा उत्पन्न हुने मानवीय समस्या समाधानका लागि न्यानो लुगा दिन बजेटको व्यवस्थापन गरेका छैनन् । ग्रामीण भेगका मुसहर समुदाय कृषि, सहरी क्षेत्रमा ठेला र निर्माण कार्यमा मजदुरका रूपमा काम गरेर गुजारा गर्छन् । 
    ती समुदाय शीतलहरको समयमा चिसोले काम गर्न नसक्ने अवस्था आएपछि के खाने, के लगाउने जस्ता समस्यामा गुज्रिनुपर्ने अवस्था रहेको लहान–१ की सोनिया सदायले दुखेसो गरिन ।  
    राजनीतिक दल, सङ्घ संस्थाले दुई÷चार जनालाई राहत बाँडेको दृश्य मोबाइलमा सेल्फी लिएर शीतलहरको समस्या नटर्ने दलित अभियानकर्मी मोहन पासवान बताउँछन । प्रत्येक पालिकाले शीतलहरको चपेटामा पर्ने परिवारको यकिन तथ्याङ्क राखेर यस्तो विपत् आउनुभन्दा अघि नै लगाउने न्यानो लुगा, ओछ्याउने गुन्द्री र खाद्यान्नको व्यवस्था गर्नुपर्ने बताए ।   
    लहान नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक लहान–५ का अध्यक्ष सुलेमान अन्सारीका अनुसार लहान नगरमा आठ हजार गरिब विपन्नलाई कम्बललगायत अन्य राहत सामग्री वितरण गर्न करिब ४० लाख रुपियाँ चाहिन्छ । यो रकमको जोहो गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकारबाट माग गर्न तयारी गरिरहेको छ । 
    राहत एकद्वार प्रणालीबाट वितरण हुनुपर्नेमा त्यस्तो नहँुदा स्थानीय पालिकाहरूलाई राहत वितरणमा समस्या हुने गरेको र राहत वितरणमा राजनीतीकरणले अप्ठ्यारो भइरहेको जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख रामचन्द्र ठाकुरले बताए ।  
    सिरहाका १७ वटै पालिकालाई राहतको चपेटामा पर्नसक्ने परिवारलाई राहत वितरण गर्न पहल थालिसकेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताए । 
    जिल्लामा अहिले नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य सङ्घ र विभिन्न सङ्घ–संस्थासँग समन्वय गरेर अति आवश्यक देखिएका बस्तीमा शीतलहर छल्न न्यानो लुगा वितरण गरिरहेको उनले जानकारी दिए । 

    बिहिवार, पौष २९ २०७८०८:५८:१५

    डेमो खबर

    सम्बन्धित समाचार