images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images
मन्त्रिपरिषद् बैठक निर्णय

सञ्चारमन्त्री कार्कीले भने : 'नागरिकको जीवन रक्षामा सरकार प्रतिबद्ध'

सञ्चारमन्त्री कार्कीले भने : 'नागरिकको जीवन रक्षामा सरकार प्रतिबद्ध'

बिहिवार, पौष २९ २०७८

  • 281
    SHARES

  • सञ्चारमन्त्री  कार्कीले भने  :  'नागरिकको जीवन रक्षामा सरकार प्रतिबद्ध'

    काठमाडौं, पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन । 

    पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले  भने, 'सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।'

    images

    आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भनेका छन,  'पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।'

    नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।

    बिहिवार, पौष २९ २०७८०५:५२:०५

    डेमो खबर

    सम्बन्धित समाचार